काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावमा उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ निर्वाचित भएका छन् ।
मालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट भट्ट, भट्टराई र महासेठ विजयी भएका हुन् । विजयी भएका भट्ट र रघुवीर महासेठ केपी शर्मा ओली प्यानल र भट्टराई ईश्वर पोखरेल प्यानलबाट विजयी भएका छन् ।
२२ सय २७ खसेको मतमा भट्टले सर्वाधिक १४ सय ५२ मत पाए। यस्तै महासेठले १३ सय ६८ र भट्टराईले १३ सय ४८ मत ल्याएर विजयी भएका हुन्।