Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी

बिहिवार , पौष ३, २०८२

काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

उच्च अदालत बुटवलका अनुसार आजका लागि मुद्दाको पेसी चढाइएको हो । यसअघि उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’मा परेको थियो भने त्यसअघि दुई पटक रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो हिस्साको बिगो रकम दाखिल गरिसकेका थिए ।

तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077