Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन : मतगणनाको तयारी पूरा, केहीबेरमा गणना सुरू हुने

एमाले महाधिवेशन : मतगणनाको तयारी पूरा, केहीबेरमा गणना सुरू हुने

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना गर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार मतगणनास्थल निर्माणदेखि प्राविधिक र व्यवस्थापकीय कामसम्म सबै प्रक्रिया सम्पन्न भइसकेको छ ।

पोखरेलले ८० वटै विद्युतीय मतदान मेसिनबाट चिप निकाल्ने काम सकिएको जानकारी दिँदै मुचुल्का निर्माणलगायत मतगणनाअघिका औपचारिक प्रक्रिया पूरा भइसकेको बताए ।

'अब केहीबेरमा मतगणना सुरु हुन्छ, हाल मतगणनाअघिको अन्तिम प्रक्रिया चलिरहेको छ,' उनले भने। मतदानका लागि एमालेमा कुल २ हजार २ सय ६३ प्रतिनिधि रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् ।

एमालेको शीर्ष नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077