Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदानमा सहभागी हुन नपाएपछि कोइरालाको आत्मालोचना, भने - गल्ती भएकै हो, लज्जित छु

मतदानमा सहभागी हुन नपाएपछि कोइरालाको आत्मालोचना, भने - गल्ती भएकै हो, लज्जित छु

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा सहभागी हुन नपाएका नेता घनश्याम कोइरालाले सार्वजनिक रूपमा आत्मालोचना गरेका छन् ।

मतदानको समय र प्रक्रियामा भएको ढिलाइका कारण आफू समयमै मतदानस्थल पुग्न नसकेको स्वीकार गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

कोइरालाले केही साथीहरूलाई समयको जानकारी गराइदिन आग्रह गरेर राति घर गएको र बिहानै मतदानस्थल पुग्ने क्रममा ढिलाइ भएको बताए । मतदान सकिएको सूचना पाएपछि बाटोबाटै घर फर्किएको उल्लेख गर्दै उनले आफ्नो गल्ती स्वीकार गरेका छन्।

‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ । बिहानै पुग्दापुग्दै ढिलो भयो । मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ । भएको यही हो । गल्ती भएकै हो । लज्जित र आत्मालोचित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि सम्पन्न विद्युतीय मतदान प्रक्रियामा कोइरालासहित ३६ जना महाधिवेशन प्रतिनिधि मतदानबाट वञ्चित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077