Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित [नामसहित]

एमाले महाधिवेशन मतदानमा ३६ प्रतिनिधि अनुपस्थित [नामसहित]

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित भएका छन् ।

निर्वाचनमा २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरे पनि कुल चयन भएका २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जना उपस्थित हुन सकेनन् ।

निर्वाचन आयोगका अनुसार केही प्रतिनिधि स्वास्थ्य समस्या तथा विविध कारणले मतदानमा सहभागी हुन नसकेका हुन्। अनुपस्थित रहनेमा झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधनप्रसाद सिंह, पर्साका राजेन्द्रप्रसाद यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर तथा महोत्तरीका जितेन्द्र चौधरी रहेका छन्।

त्यस्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली पनि मतदानमा अनुपस्थित रहे।

केन्द्रीय सदस्य बसन्त नम्वाङ पनि मतदानमा सहभागी भएनन् । यसैगरी यसअघि केन्द्रीय सदस्य रहेका मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिबहादुर राजवंशीले पनि मतदान नगरेका छन्।

अनुशासन आयोगका पूर्वसदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी र प्रदीप प्याकुरेल पनि मतदानमा उपस्थित भएनन्। साथै समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले समेत मतदान नगरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077