Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र छविको मुद्दाको सुनुवाई स्थगित, आज पनि हेर्न नमिल्नेमा

रवि र छविको मुद्दाको सुनुवाई स्थगित, आज पनि हेर्न नमिल्नेमा

बिहिवार , मंसिर २५, २०८२

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीको मुद्दा आज पनि सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्ने भन्दै उच्च अदालत तुलसीपुर बुटवलले सारेको हो ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दाको सुनुवाइ आज न्यायाधीशहरू तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलासमा तोकिएको थियो ।

सुनुवाइ तोकिएका न्यायाधीश सागर विष्ट र लामिछाने र जोशीतर्फका न्यायाधीश शालिकराम पौडेल यसअघि एकै ठाउँ काम गरेको र चिनजानका व्यक्ति भएको भन्दै पेसी सारिएको कुँवरले जानकारी दिए ।

यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिएर पेसी सारिएको थियो भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो ।

कात्तिक १३ देखि पटकपटक पेसी तोकिए सुनुवाइ नभइलगातार सारिँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077