बुटवल । सहकारीमा बचतकर्ताको रकम अपचलन तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छबिलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका अनुसार लामिछानेका कानुन व्यवसायी महेन्द्र पाण्डे अस्वस्थ भएपछि पेसी सारिएको हो । हरेक बिहीबार हुने सुनुवाइ यसपटक सार्वजनिक बिदा परेकाले अब मुद्दा दुई सातापछि मात्रै हुनेछ ।
लामिछानेले सहकारीमा आफूले अपचलन गरेको भनिएको रकम बिगो दाखिला गरेर मुद्दाबाट छुटकारा दिन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका छन्।
जिल्लाबाट रिहा पाउन नसकेपछि उनले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।