Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब नेपालमा पनि बेरोजगार युवालाई भत्ताको व्यवस्था, मासिक दुई हजार पाउने

अब नेपालमा पनि बेरोजगार युवालाई भत्ताको व्यवस्था, मासिक दुई हजार पाउने

बुधवार , मंसिर १०, २०८२

धनुषा । मधेस प्रदेश प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवाले मासिक बेरोजगार भत्ता पाउने भएका छन् ।

मधेसका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको प्रथम मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बुधबार पत्रकार सम्मेलनमार्फत प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको मुख्यमन्त्री यादवले बताएका हुन् ।

प्रदेश सरकारले गरेको उक्त निर्णय अनुसार १८ वर्षदेखि ३५ वर्ष उमेरसमूहका युवाहरु यसअन्र्तगत पर्दछन् ।

कुनै रोजगारीमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक दुई हजारका दरले भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिए ।

प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् ।

यस्तै बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा रु एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनःडुबान पीडित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077