Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुख लाभलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पानस होटलमा सोमबार बिहान एकाबिहानै एमाले नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि उनको चर्को आलोचना भइरहेको थियो ।

मन्त्रिपरिषद्को सोमबार बेलुका बसेको बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सोहि निर्णय अनुसार कर्ण मधेस प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077