Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

मधेसका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । मधेस प्रदेश सभाका पाँचजना सदस्यलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरेकी छिन् ।

आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गरेकोमा उपसभामुख राउतले त्यसलाई बदर गरिदिएकी हुन् ।

लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सभामुख मण्डलले हिजो बिहीबार उनीहरूलाई पदमुक्त गरिदिएका थिए । पदमुक्त हुने प्रदेशसभा सदस्यमा सर्लाहीकी उर्मिलादेवी सिंह, सप्तरीका मनिषकुमार सुमन, सर्लाहीका सञ्जयकुमार यादव, सर्लाहीकै सिंहासन कलवार सर्लाही र बाराका शारदाशंकर कलवार थिए ।

पदमुक्त गराइएकामा जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसद थिए ।

तर उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर गरिदिएकी हुन् । उनले सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा छलफलको लागि मिति तय हुने अवस्थामा प्रतिशोधस्वरुप आवेगमा आएर निर्णय गरेको पनि बताएकी छन् । २२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा ती ५ जनै सांसद उपस्थित रहेको भन्दै सभामुखको सूचना बदर गरिएको उपसभामुख राउतले उल्लेख गरेकी छन् ।

सभामुख मण्डल एमालेबाट निर्वाचित भएका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077