Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसमा तनाब: सात दलका सांसद प्रदेशसभाअघि धर्नामा

मधेसमा तनाब: सात दलका सांसद प्रदेशसभाअघि धर्नामा

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले धर्ना दिएका छन् ।

प्रदेशका सात दलका सांसदहरू सभामुखविरुद्धको कदमको विरोधस्वरूप प्रदेशसभा भवनअगाडि धर्ना दिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै सांसदहरूले उनलाई हटाउन प्रस्ताव दर्ता गरेका थिए । यही प्रस्तावबारे उपसभामुखसँग जानकारी लिन आफूहरू सामूहिक रूपमा सभाभवन पुगेको लोसपा सांसद उपेन्द्र महतोले बताए ।

सभामुख मण्डलले आफूविरुद्ध प्रस्ताव दर्ता भएपछि प्रत्युत्तरस्वरूप पाँच जना सांसदलाई पदमुक्त गरेका थिए । तर, सभामुखको निर्णय उपसभामुखले उल्टाइदिएकी थिइन्।

मधेस प्रदेशमा पछिल्लो समय राजनीतिक विवाद चर्किँदै गइरहेको छ ।

मधेस प्रदेशमा एमालेका सरोज यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरिएको निर्णयपछि सत्ता पक्ष-विपक्षबीचको राजनीतिक विवाद चर्किँदै गइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077