काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ सांसदले दिएको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ।
सर्वोच्चको दैनिक पेशी सूचीअनुसार, मधेश सरकार गठन विरुद्धको रिटलाई इजलास नं.४ मा पेशी तोकिएको हो ।
मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइनसहितका नेताहरूले मंगलबार रिट दायर गरेका थिए।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठन भएको सरकार असंवैधानिक भएको दाबी गर्दै उनीहरू सर्वोच्च अदालत पुगेका थिए ।
यही विवादमा मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन र्दिइसकेको छ।
मधेस प्रदेसकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नै नगरी प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।