Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्यालसहित प्रहरी प्रमुखहरूको टोली भैरहवामा के गर्दैछ ?

गृहमन्त्री अर्यालसहित प्रहरी प्रमुखहरूको टोली भैरहवामा के गर्दैछ ?

सोमवार , मंसिर ८, २०८२

रुपन्देही । गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरू भैरहवा पुगेका छन् ।

आगामी निर्वाचनका लागि सातै प्रदेशमा सुरक्षा तयारी सुदृढ गर्न लागेको गृह मन्त्रालयको योजनाअनुसार गृहमन्त्री अर्यालसहितको टोली सोमबार भैरहवा पुगेको हो ।

मंगलबार लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा मन्त्री अर्यालले भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी तथा डण्डास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मको विस्तृत स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षण टोलीमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश र जिल्लाका प्रमुख प्रहरी तथा सशस्त्र प्रहरी अधिकारीहरूको उपस्थिति थियो ।

भैरहवा–बेलहिया नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकीको प्रगति प्रत्यक्ष अवलोकन गर्दै मन्त्री अर्यालले प्रमुख भन्सार अधिकृत हरिहर पौडेलसँग निर्माण अवस्थाबारे विस्तृत छलफल गरे।

डण्डास्थित सीमा सुरक्षा गुल्ममा पुगेर मन्त्री अर्यालले नेपाल–भारत खुला सीमाका कारण हुने अवाञ्छित गतिविधि, राजस्व चुहावट र अवैध ओसारपोसार नियन्त्रणमा कठोर भएर काम गर्न निर्देशन दिए ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गर्दैछ। पहिलो गोष्ठी मंगलबार लुम्बिनी प्रदेशमा सुरु हुँदैछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077