Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्यालको देशव्यापी अनुगमन, स्वच्छ र भयरहित निर्वाचनको प्रतिबद्धता

गृहमन्त्री अर्यालको देशव्यापी अनुगमन, स्वच्छ र भयरहित निर्वाचनको प्रतिबद्धता

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालले पहाडदेखि तराई–मधेससम्मका विभिन्न जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।

उनीसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित उच्च सुरक्षा निकायका अधिकारीहरूको सहभागिता थियो ।

टोलीले जिल्ला सुरक्षा समिति, प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको हो ।

गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल नेतृत्वको टोलीले दोलखाको बैदेश्वर गाउँपालिकास्थित मतदानस्थलको अनुगमन गर्दै सुरक्षा अवस्थाको समीक्षा गरेको थियो ।

त्यसपछि टोली ओखलढुङ्गा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको उनले जानकारी दिइन्।

छलफलका क्रममा गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।

'शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी छ, सबै नागरिक ढुक्क भएर मतदानमा सहभागी हुनुस्,' उनले आग्रह गरे।मन्त्री अर्यालले निर्वाचन विरोधी तथा गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै निर्वाचन स्वच्छ र निष्पक्ष हुने विश्वास व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077