Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णय समीक्षा हुन्छ : गृहमन्त्री

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णय समीक्षा हुन्छ : गृहमन्त्री

मंगलवार , माघ ६, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत अपचलन गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा खेपिरहेका प्रतिवादीहरुविरुद्धको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णय समीक्षा गरिने बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले सरकारले उक्त निर्णयबारे छलफल गरिरहेको र समीक्षा भइरहेको स्पष्ट पारे ।

‘महान्यायाधिवक्ताले सहकारी ठगीसँग जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गरी गर्नु भएको निर्णयमा सरकारले छलफल गरिरहेको छ, समीक्षा पनि गरिरहेको छ,’ गृहमन्त्री अर्यालले भने, ‘यस विषयसँग जोडिएर सार्वजनिक रूपमा आएका समाचारबारे सरकारको ध्यानाकर्षण भइसकेको छ ।’

गोर्खा मिडिया नेटवर्कमार्फत भएको सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहितलाई प्रतिवादी बनाएर काठमाडौंसहित विभिन्न आधा दर्जन अदालतमा मुद्दा दायर गरिएको थियो ।

ती सबै मुद्दा हाल सम्बन्धित अदालतहरूमा विचाराधीन छन् ।यही मुद्दामा अभियोगपत्र संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय महान्यायाधिवक्ता सबिता भण्डारीले गरेकी थिइन् ।

उक्त निर्णयपछि चौतर्फी विरोध सुरु भएको छ । कानुनी शासन कमजोर पार्ने, राजनीतिक दबाबमा मुद्दा फिर्ता लिन खोजिएको र उच्च तहका प्रतिवादीलाई उन्मुक्ति दिन खोजिएको आरोप लागिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077