Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदातालाई ‘निर्धक्क मतदान’ गर्न गृहमन्त्री अर्यालको आह्वान

मतदातालाई ‘निर्धक्क मतदान’ गर्न गृहमन्त्री अर्यालको आह्वान

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको भन्दै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।

बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन चुस्त र भरपर्दो सुरक्षा व्यवस्था तयार गरिएको स्पष्ट पारेका हुन् ।

उनले निर्वाचन सफल बनाउन तीन वटै सुरक्षा निकायसहित सबै सरोकारवाला संस्थाबीच समन्वय, सहकार्य र निरन्तर सहयोग आवश्यक रहेको बताए।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए। साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रगत सुरक्षा तयारी र जोखिम मूल्यांकनबारे विवरण प्रस्तुत गरेका थिए।

केन्द्रीय सुरक्षा समितिको बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन, मतदान दिनको सुरक्षा व्यवस्थापन तथा समग्र निर्वाचन तयारी सम्बन्धमा विस्तृत छलफल भएको जनाइएको छ।

भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सात वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश तथा जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र तयारीबारे जानकारी लिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077