Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, महिला पक्राउ

मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, महिला पक्राउ

शनिवार , मंसिर ६, २०८२

सप्तरी । सप्तरीमा मोबाइल चोरीको आरोपमा महिलाले गरेको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेश कुमार यादवको कुटपिटबाट मृत्यु भएको हो ।

विष्णुपुर गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षीया सरो कुमारी साहले बुधबार मोवाइल चोरीको आरोपमा यादवलाई लठ्ठीले कुटपिट गर्दा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याई त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएकोमा शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक यादव र साह हाल राजविराज नगरपालिका वडा नम्बर १६ बोरिया लवटोलीमा बस्दै आएका छन् ।

यादवको मृत्युपछि कुटपिट गर्ने सरो कुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077