Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

बिहिवार , बैशाख २४, २०८३

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

आज दिउँसो नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक नुवाकोट ताँदी गाउँपालिका–६ निवासी ३६ वर्षीय किरण श्रेष्ठ गम्भीर घाइते भएका थिए।

श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरमा दरबन्दी भई कार्यरत प्रहरी सहायक हवल्दार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनापछि घाइते श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रक र चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077