कञ्चनपुर । कञ्चनपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्रबार दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारस्थित सुपप्र ०२००१ ख ०५९८ नम्बरको टिपरले युके ०६ एस ७९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक सोही ठाउँका नरेश लुहार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नरेशको बाँया खुट्टामा चोट लागेको छ। उनलाई उपचारको लागी आफन्तले भारतको खटिमा लगेका छन् ।
टिपर चालक वेदकोट नगरपालिका ५ धरमपुरका जितबहादुर चौधरी फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।