Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ड्युटीकै क्रममा नेपाल प्रहरीका असईको मृत्यु

ड्युटीकै क्रममा नेपाल प्रहरीका असईको मृत्यु

सोमवार , जेठ ११, २०८३

कालीकोट । कालीकोटमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको ड्युटीकै क्रममा मृत्यु भएको छ ।

प्रहरी चौकी खल्लागार्ड कालीकोटमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक लीलाबहादुर खत्रीको अचानक स्वास्थ्य समस्या भएपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भएका खत्री इलाका प्रहरी कार्यालय पचालझरना कालीकोट दरबन्दी भई हाल तिलागुफा नगरपालिका–५ स्थित प्रहरी चौकी खल्लागार्डमा कार्यरत थिए ।

सोमबार बिहान ड्युटीमा रहेका बेला अचानक छाती दुखेर बेहोस भएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत जिल्ला अस्पताल मान्म लगिएको थियो । उपचारकै क्रममा दिउँसो १२ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञावलीले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077