Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु, एक घाइते

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु, एक घाइते

मंगलवार , जेठ ५, २०८३

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्की निवासी ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार बिहान लालझाडी गाउँपालिका–४ जाई क्षेत्रमा माटो खन्ने क्रममा अचानक ढिस्को खसेपछि उनी पुरिएकी थिइन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार कार्य सञ्चालन गरेका थिए । उद्धारका क्रममा हरदुलियाको शव फेला परेको हो ।

घटनामा अर्की एक महिला घाइते भएकी छन् । उनको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077