Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ ।

बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रविले दिएको रिट निवेदनको सुनुवाइ स्थगित भएको हो ।

यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मूल अभियोग मिसिल मगाउने आदेश दिएको थियो। मूल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि लामिछाने र जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो ।

तर, आज रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानुन व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077