Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको मुद्दामा सुनुवाइका लागि दुई अदालतमा पेसी तोकियो

रवि लामिछानेको मुद्दामा सुनुवाइका लागि दुई अदालतमा पेसी तोकियो

बिहिवार , मंसिर ४, २०८२

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज एकै दिन दुई वटा अदालतमा पेसी तोकिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो ।

बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै दिएको निवेदन बुटवल इजलासमा चलिरहेको छ भने काठमाडौं स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको आदेश विरुद्ध ७३ नम्बरको निवेदनमा सुनुवाइका लागि पेसी चढेको हो ।

गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो । मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । अदालतले लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिएको थियो ।

आज पेसी तोकिएपछि दुबै पक्षका कानुन व्यवसायीहरू बहसमा सहभागी हुने व्यक्तिबारे छलफलमा रहेको बताइएको छ। लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077