काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौंस्थित एक होटेलमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।
लिङ्देनले सकारात्मक कुराकानी भएको भन्दै सामाजिक सञ्जालबाट भेटघाटको तस्बिर सार्वजनिक गरेका छन् ।
राप्रपाले समान विचार भएका व्यक्ति र पार्टीसँग छलफल अघि बढाएको छ ।
परिवर्तित सन्दर्भमा विभिन्न राजनीतिक पार्टीबीच ध्रुवीकरण बढिरहेको छ ।