इलाम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्।
मिक्लाजुङ–८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेको पाँचथर प्रहरीले जनाएको छ ।
मापकपदार्थ सेवन गरेका बखतसिंहले आइतबार दिउँसो ३ः२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।