Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशको अवस्था माओवादीले नै सम्हाल्ने बेला आयो: प्रचण्ड

देशको अवस्था माओवादीले नै सम्हाल्ने बेला आयो: प्रचण्ड

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशको अवस्था माओवादीले नै सम्हाल्ने बेला आएको बताएका छन्।

नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्था सम्हाल्ने जिम्मा माओवादीको भएको बताएका हुन्।

आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।

संयोजक प्रचण्डले भने- 'हाम्रो पार्टीले अहिले जिल्ला(जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैन ।'

उनले चुनावको सन्दर्भमा प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077