Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती र हस्तक्षेप पहिले थिएन : प्रचण्ड

राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती र हस्तक्षेप पहिले थिएन : प्रचण्ड

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देश निकै ठुलो अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

आज काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले इतिहासकै ठुलो वैदेशिक दबाब र हस्तक्षेपको महसुस गरिरहेको बताए।

उनले भने- 'राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, वैदेशिक दबाब र स्वाधिनताको विषय पहिले थिएन । राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।'

उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।

उनले भने- 'सबै राजनीतिक दल नागरिक समाज, प्रेस जगत् सबै हिजो राजनीतिक परिवर्तनको निम्ति एक भएर आवाज उठाएका थियौँ । त्यसबाट संविधान सभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रक्रियामा हामी आएका थियौँ ।'

आगामी बाटोको विषयमा बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा प्रचण्डको जोड थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077