Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो: प्रचण्ड

जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो: प्रचण्ड

बुधवार , आश्विन २९, २०८२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक नेतृत्व आफुले लिनुपर्ने बताएका छन् ।

धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले देशमा आएको सङ्कटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान र जनताको पक्षमा उभिएको बताएका छन् ।

उनले भने- 'माओवादी पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो। जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।'

जेनजीमा माग र ऐजेण्डालाई समर्थन गर्दै आइरहेको पार्टी माओवादी केन्द्र भएको बताए ।

उनले थपे- 'सरकारमा बसेर जेनजीहरुलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्तै होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।'

माओवादी केन्द्रले जेनजीका एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077