Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलाई अध्यक्ष चाहिएको पनि छैन, हाम्रो उत्तराधिकारी जेनजी युवा हुन्: प्रचण्ड

मलाई अध्यक्ष चाहिएको पनि छैन, हाम्रो उत्तराधिकारी जेनजी युवा हुन्: प्रचण्ड

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन्।

शनिबार केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले जेनजी युवाहरू नै अबको उत्तराधिकारी भएको बताएका छन् ।

उनले भने-  'मलाई अध्यक्ष छाड् भन्दैछन्, अध्यक्ष चाहिएको पनि छैन। मैले यही कुरालाई मनन गरेर केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजक बनाएको हुँ। महाधिवेशनमा जस्तोसुकै त्याग गर्न तयार छु। जेनजी युवाहरू हाम्रो उत्तराधिकारी हुन्, क्रान्तिकारीको उत्तराधिकारी हुन्, अरूले धेरै लोलोपोतो नगरे हुन्छ। हामी हिजोका क्रान्तिकारी हौँ। प्रतिक्रियावादीद्वारा आतंककारी भनिएका हामी, तपाईँ जेनजी युवाहरू आजका क्रान्तिकारी। अहिले पनि प्रतिकृयावादीहरुले तपाईँहरूलाई आतंककारीकै दर्जामा राख्न चाहेका छन्। सबै क्रान्तिकारी एकजुट भएर यो देशलाई अझ समुन्नत बनाउ ।'

देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

उनले भने “केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरूकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो ।

संयोजक प्रचण्डले संसद पटक-पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए।

साथै उनले वर्तमान अन्तरिम सरकार  निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077