Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो ।

सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा चालक सडकबाट करिब १५ फिट तल भिरमा खसेर दुर्घटनामा गम्भिर घाइते भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।

उनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077