Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : ओली

हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : ओली

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपिल गरेका छन् ।

नेपाल संवत् ११४६ को अवसरमा आज शुभकामना सन्देशमार्फत उनले यस्तो अपिल गरेका हुन् ।

शुभकामना सन्देशमा उनले आफ्नो सांस्कति विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रियतालाई बलियो बनाउनुपर्ने बताए ।

‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली– हाम्रो शक्ति हो,’ उनले भनेका छन्, ‘विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077