Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति र छोरा गम्भीर घाइते

बसले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति र छोरा गम्भीर घाइते

आइतवार , कार्तिक २, २०८२

नवलपरासीपूर्व । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को चोरमारा बजारमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने उनका पति र छोरा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी–४ का ३४ वर्षीय नरेश चौधरी र उहाँका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए।

घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्द्धनापछि बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077