Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्कालीन सचिव गणेश शाहले छाडे माओवादी केन्द्र

तत्कालीन सचिव गणेश शाहले छाडे माओवादी केन्द्र

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश शाहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्।

हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै माओवादी पार्टीले जनअपेक्षा अनुसार काम नगरेको भन्दै आफूले पार्टी छाडेको घोषणा गरेका हुन्।

उनले अब कुनै पार्टीमा नलाग्ने भन्दै सामाजिक कार्यमा लाग्ने बताए। माओवादीले पदाधिकारी र केन्द्रीय कमिटी विघटन गर्दै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ ।

उनले कम्युनिष्ट पार्टीमा सत्ता लिप्सा बढेको र अब सुध्रिन पनि सुझाब दिएका छन्।

शाहले २०७४ मा आफू नेतृत्वको नेकपा (संयुक्त) माओवादीमा गाभेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077