Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कपनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । काठमाडौंको कपन पैयुटारमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

कपन पैयुटारस्थित पानी फ्याक्ट्री सडकखण्डमा गएराति बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएको सोलुखुम्बुका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको हो ।

पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा गम्भिर घाइते भएका थिए ।

घाइते शेर्पाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077