Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको टेनेसीमा भीषण विस्फोट, १९ जनाको मृत्यु आशंका

अमेरिकाको टेनेसीमा भीषण विस्फोट, १९ जनाको मृत्यु आशंका

शनिवार , आश्विन २५, २०८२

एजेन्सी । अमेरिकाको दक्षिणी राज्य टेनेसीस्थित एक सैन्य हतियार कारखानामा भएको भीषण विस्फोटमा धेरैको मृत्यु भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार बेपत्ता १९ जनाको समेत मृत्यु भएको आशंका गरिएको छ । विस्फोट ‘एक्युरेट इनर्जेटिक सिस्टम्स’ नामक विस्फोटक पदार्थ निर्माण कम्पनीमा शुक्रबार बिहान भएको हो ।

कम्पनी टेनेसीको ग्रामीण बक्सनोर्ट क्षेत्र (न्याशभिलबाट करिब ९७ किलोमिटर दक्षिण–पश्चिम) मा अवस्थित छ ।

हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसले यो विस्फोट आफूले देखेका 'सबैभन्दा विनाशकारी दृश्यहरूमध्ये एक' भएको बताए । विस्फोटपछि कारखानाको ठूलो भाग क्षतिग्रस्त भएको र आसपासका घरहरू समेत हल्लिएका थिए ।

घटनास्थलमा अहिले संघीय अनुसन्धान ब्युरो हतियार तथा विस्फोटक नियन्त्रण ब्युरो र टेनेसी अनुसन्धान ब्युरोका टोलीहरू खटिएका छन् । प्रारम्भिक रूपमा विस्फोटको कारण खुल्न बाँकी रहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077