Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री खनाल र उर्जामन्त्री घिसिङको पनि सम्पत्ति छानबिन गरौँ : महेश बस्नेत

अर्थमन्त्री खनाल र उर्जामन्त्री घिसिङको पनि सम्पत्ति छानबिन गरौँ : महेश बस्नेत

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनाल र  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।

आज साईबर व्युरोमा बयान दिए लगत्तै एमाले हेडक्वाटरमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री र उर्जामन्त्रीको सम्पत्ति छानबिन गर्नेकि नगर्ने भनेर प्रश्न गरेका हुन् ।

बस्नेतले भने- 'भ्रष्टाचारविरुद्धको जेनजीका अभियानमा साथ दिन्छौं। हामीविरुद्ध पनि आशंका छ भने छानबिनमा साथ दिन्छौं। सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ? कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?'

उनले सरकारलाई अर्थमन्त्री र उर्जामन्त्री माथि छानबिनको दायरा फराकिलो बनाएर छानबिन गर्नुपर्ने आग्रह गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077