Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो र तेस्रो तहले पार्टी पुनर्गठनमा ढिलाइ नगर्न २८ युवा नेताको आह्वान

दोस्रो र तेस्रो तहले पार्टी पुनर्गठनमा ढिलाइ नगर्न २८ युवा नेताको आह्वान

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीमा आबद्ध २८ युवाहरूले आफ्नो पार्टी पुनर्गठन गर्न सबै राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई आह्वान गरेका छन् ।

एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहितका युवाले दलहरूलाई पुनर्गठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रोरतेस्रो तहका नेताहरूलाई आग्रह गरेका हुन् ।

जेनजी नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएको उनीहरूको बुझाइ छ ।

आह्वान पत्रमा भनिएको छ- 'दलहरूमा अलमल, पुरानै नेताहरूको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरूको बोलबाला, बाहिरी शक्तिहरूको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त हो ।‘पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरूको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेनजीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।'

नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य नेताहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुन नसक्ने युवाहरूले निष्कर्ष निकालेका छन् ।

pa-1759829709.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077