Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झापामा सिटौला–शर्माबीच 'वान टु वान' वार्ता, के भयो कुराकानी ?

झापामा सिटौला–शर्माबीच 'वान टु वान' वार्ता, के भयो कुराकानी ?

मंगलवार , आषाढ २, २०८३

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक दूरी कम गर्ने प्रयासस्वरूप महामन्त्री शर्मा र पार्टी नेता सिटौलाले मंगलबार झापास्थित धुलाबारीमा भेटवार्ता गरेका हुन् ।

दुवै नेताबीच करिब आधा घण्टा एक्लाएक्लै संवाद भएको र समसामयिक राजनीतिक अवस्था, पार्टीभित्रको एकता र आपसी सम्बन्ध सुधारबारे छलफल भएको स्रोतले जनाएको छ।

दुवै नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न झापा पुगेका थिए । भण्डारी परिवारसँगको भेटपछि दुवै नेताले छुट्टै संवादमा बसेका थिए।

गत महाधिवेशनयता कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीच नेतृत्व, संगठन विस्तार तथा भावी रणनीतिलाई लिएर मतभेद देखिँदै आएको छ। 

नेताहरूबीच प्रत्यक्ष संवाद कमजोर बन्दै गएको बेला गरिएको उक्त भेटलाई कांग्रेसभित्र सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसैबीच नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले पनि लामो समयदेखि फरक धारमा रहेका नेताहरूबीच प्रत्यक्ष संवाद हुनु आफैंमा सकारात्मक सन्देश भएको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077