Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा

कांग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा

आइतवार , जेठ ३१, २०८३

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको प्रदेशिक भेला सुरु भएको छ ।

यो नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला हो । 

१४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त भेला दुवै समूहको संयुक्त आयोजनामा भइरहेको छ।

यसअघि देउवा समूहले एकल रूपमा आयोजना गरेका प्रदेश भेलामा कोइराला समूह सहभागी नभए पनि कोशीबाट दुवै समूहबीच सहकार्य सुरु भएको हो ।

विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएका सांगठनिक कमजोरी सच्याउन भन्दै यो समूहले ‘शक्ति प्रदर्शन’ स्वरूप उक्त समूहले आइतबार वृहत भेला आयोजना गरेको हो ।

भेलामा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, नेताहरू डा. कोइराला, डा. मिनेन्द्र रिजाल, मीन विश्वकर्मा, मोहन बस्नेत, एनपी साउद, बलबहादुर केसीलगायत सहभागी छन् ।

यसैगरी भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।

8.jpg

नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवादका क्रममा इतर समूहले प्रदेश स्तरीयभेला आयोजना गरिरहेको छ ।

पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वलाई जबाफदेही बनाउन भोलिको भेला कोशेढुङ्गा साबित हुने विश्वास भेलामा सहभागी नेताहरुले व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077