ललितपुर । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक छात्रले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्ने छात्रमा काठमाडौं महानगरपालिका- ७, चाबहिल घर भई कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंह छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका सोमबार दिउँसो साढे १२ बजे सिंहले छतबाट हामफालेका थिए ।
उनलाई तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अस्पतालमा चिकित्सकले सोमबार साँझ नै मृत घोषित गरेका थिए ।
सिंहले छतबाट हाम फाल्नुअघि हिन्दी भाषामा कपीमा केही कुरा लेखेका छन् ।
प्रहरीले उक्त लेखाई अध्ययन गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।