Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल टेलिकमले भन्यो - डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसबाट सचेत रहनू

नेपाल टेलिकमले भन्यो - डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसबाट सचेत रहनू

सोमवार , आषाढ १, २०८३

काठमाडौं । बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक (फ्रड) एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमले ग्राहकहरूलाई आग्रह गरेको छ ।

नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्ट आइपिएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा खाता निलम्बन, अस्थायी बन्द वा अन्य समस्या देखिएको भन्दै शंकास्पद लिंकमा प्रवेश गराउने किसिमका सन्देशहरू पठाइएको पाइएको कम्पनीले जनाएको छ ।

यस्ता भ्रामक एसएमएस, फोन कल तथा लिंकमार्फत प्रयोगकर्तालाई व्यक्तिगत गोप्य विवरण संकलन गर्ने प्रयास भइरहेको भन्दै टेलिकमले सतर्क रहन अनुरोध गरेको हो ।

कम्पनीका अनुसार कुनै पनि शंकास्पद लिंकमा क्लिक गर्नु अघि सम्बन्धित बैंक वा संस्थाको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्नुपर्नेछ।

साथै OTP, पासवर्ड, PIN, CVV लगायतका संवेदनशील विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरिएको छ।

नेपाल टेलिकमले ग्राहकहरूलाई अनधिकृत एसएमएस वा फोन कल प्राप्त भएमा तत्काल सम्बन्धित संस्थालाई जानकारी गराउन समेत सुझाव दिएको छ।

ग्राहक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्ता साइबर ठगीबाट जोगिन सबैलाई सचेत रहन टेलिकमले अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077