Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेटा सकिँदा अब कट्ने छैन स्वतः पैसा, नेपाल टेलिकमको नयाँ व्यवस्था लागू

डेटा सकिँदा अब कट्ने छैन स्वतः पैसा, नेपाल टेलिकमको नयाँ व्यवस्था लागू

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । नेपाल टेलिकमले डेटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य गरेको छ । ग्राहकहरूको गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ग्राहकको डेटा प्याकेज ९० प्रतिशत खपत भइसकेपछि नै एसएमएस तथा मोबाइल एपमार्फत अग्रिम सूचना पठाइनेछ । यसपछि ग्राहकलाई आवश्यकताअनुसार डेटा प्याकेज पुनः नवीकरण गर्न अनुरोध गरिनेछ ।

यसअघि भने डेटा प्याकेज सकिएलगत्तै मुख्य ब्यालेन्सबाट स्वतः रकम कट्ने व्यवस्था थियो, जसले धेरै प्रयोगकर्तालाई अनपेक्षित रूपमा आर्थिक भार परेको गुनासो आउने गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्र ‘Pay As You Go’ (पास–यू–गो) प्रणाली प्रयोग गर्न सक्नेछन्। यो सुविधा स्वतः सक्रिय हुने छैन।

उक्त सेवा प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी सजिलै enable वा disable गर्न सक्ने व्यवस्था मिलाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077