Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

'सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप' भन्दै माइतीघरमा प्रदर्शन

'सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप' भन्दै माइतीघरमा प्रदर्शन

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । काठमाडौंको माइतीघरमा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले हालै दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति तथा नवलपरासीको सुस्ता क्षेत्रमा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै सङ्गठनले आज प्रदर्शन गरेको हो।

विरोध कार्यक्रममा सहभागीहरूले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप र प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

विद्यार्थीहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धित विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘‘सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप, मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ र ‘विद्यार्थी एकता जिन्दावाद’ जस्ता नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थीहरू एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077