Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वन कार्यालयका कर्मचारीले एक सर्वसाधारणको टेम्पो भीरबाट खसालेपछि...

वन कार्यालयका कर्मचारीले एक सर्वसाधारणको टेम्पो भीरबाट खसालेपछि...

आइतवार , जेठ ३१, २०८३

धनगढी । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय गरेको भन्दै एक सर्वसाधारणको टेम्पो भीरबाट खसालिदिएपछि चौतर्फी विरोध सुरु भएको छ । 

गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले जीविकोपार्जनका लागि सामान ओसारपसार गर्न प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेका हुन् ।

पीडित धामीका अनुसार गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट वन कर्मचारीले सामान झारेर भीरतर्फ खसालिदिएका थिए ।

धामीका अनुसार गोदावरीको गाईमारे डाँडास्थित सडक छेउमा राखिएको थियो । 

धामीले भने उक्त टेम्पो चालु अवस्थामै रहेको र घर लैजाने भन्दाभन्दै भिरबाट फालिएको आरोप लगाएकी छन् ।

'सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्दा पनि कसैले सुन्नुभएन ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ, धामीले भनिन् ।

उनले लामो समयदेखि गोदावरी नगरपालिका ४ बसपानी क्षेत्रको जंगलमा सोही टेम्पोमा सामान बिक्री गर्दै आएकी थिइन् ।

स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्‍याइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल र स्थानीय स्तरमा यो कदमको विरोध गर्दै कारबाहीको माग भइरहेको छ ।

यता, डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सो क्षेत्रमा ४७ वटा अवैध संरचना हटाइएको जनाएको छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा छानबिन सुरु गरेको छ । यो घटनाको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

वन अतिक्रमण हटाउने नाममा भिरबाट टेम्पो खसालेको डिभिजन वन कार्यालय धनगढीले उक्त घटनालाई दुर्घटनाको रूप दिन खोजेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पाँच–सात जना वन कर्मचारीले टेम्पोलाई भिरमा धकेलेको स्पष्ट देखिए पनि वन कार्यालयले ‘दुर्घटनावश भिरबाट खस्न पुगेको हो’ भन्दै ढाकछोप गर्ने प्रयास गरेको छ ।

'अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो । सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भिरबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौँ,' डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरसहित २२ वन कर्मचारीले सयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

5.png

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077