काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको छ।
बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो।
बागमती,विष्णुमती,मनोहरा लगायतका पीडितहरूले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन, फैसला होइन न्याय देऊ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्।

२ वर्ष अघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठुला नदी तथा खोलाहरूमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
यसअघि २०८१ असोज १० पनि सर्वोच्च अदालतको फैसलाविरुद्ध न्यायीक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले माइतिघरमै प्रदर्शन गरेको थियो ।