एजेन्सी । ब्राजिलको रियो दि जेनेरियोमा दुईवटा हेलिकोप्टर आकाशमै एक–आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनापछि दुवै हेलिकोप्टर पश्चिमी क्षेत्रमा रहेको इलेक्ट्रिक गाडी डिलरसिपको पार्किङमा खसेका थिए, जसले ठूलो आगलागी निम्त्याएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
दमकल विभागका अनुसार, ठक्करपछि हेलिकोप्टरहरूमा आगो लागेको थियो । हेलिकोप्टरबाट पार्किङमा राखिएका गाडीहरूमा आगो फैलिएको थियो । २० वटा गाडीहरू जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई बुझाइएको यात्रुहरूको सूचीमा अमेरिकी गायक तथा कमेडियन ओलीभर ट्रि को नाम पनि समावेश थियो । तर, दुर्घटनामा ज्यान गुमाउनेहरूको शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।