Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिप भिरबाट खस्दा एक जनाको मृत्यु, २ घाइते

जिप भिरबाट खस्दा एक जनाको मृत्यु, २ घाइते

शुक्रवार , जेठ १५, २०८३

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बाईई ०५६९ नम्बरको विद्युतीय जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा सिराहा सुखीपुर नगरपालिका–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको सनाखत गरेको जनाएको छ।

दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्र घाइते भएका छन्। दुवै जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा जङ्गल क्षेत्र तथा अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरिएको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।                 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077