Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १५ जना घाइते

चितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १५ जना घाइते

शनिवार , चैत्र २१, २०८२

चितवन । चितवनको भरतपुर महानगरपालिका आँपटारीमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस, बुलेरो र टेम्पो एकआपसमा ठोक्किएका हुन् । 

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु१च ८५५२ नम्बरको बुलेरो एकापसमा ठक्कर खाएका थिए ।

बुलेरोको पछाडि रहेको अटो बुलेरोसँग ठोक्किएको थियो । घाइतेमध्ये १४ जना बसमा सवार थिए भने एक जना अटो चालक रहेको प्रहरीले जनाएको छ । 

उनीहरूमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077