जुम्ला । जुम्लाको हिमा गाउँपालिकाबाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटनामा परेको छ ।
दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा जुम्ला हिमा गाउँपालिकाका एम्बुलेन्स चालक २६ वर्षीय शक्ति शाही र सोही पालिकाका ३२ वर्षीय भीमराज अधिकारी छन् ।
घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन् । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो ।
घाइतेहरूलाई कालिकोट जिल्ला अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुसन्धान गरिरहेको छ ।