Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सांसद केपी खनालको ‘चियादानी’मा चिया पिउन पुगे प्रधानमन्त्री बालेन

सांसद केपी खनालको ‘चियादानी’मा चिया पिउन पुगे प्रधानमन्त्री बालेन

सोमवार , आषाढ १, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आइतबार शंखमुलस्थित रास्वपाका सांसद केपी खनालले सञ्चालन गरेको चिया पसल ‘चियादानी’मा पुगेर चिया पिएको भिडियो सार्वजनिक भएको छ ।

पानी परिरहेको समयमा बालेन छाता ओडेर मुस्कुराउँदै चियादानी प्रवेश गरेको र त्यहाँ केही समय चिया पिउँदै कुराकानी गरेको दृश्य भिडियोमा देख्न सकिन्छ ।

उनी आफ्ना स्वकीय सचिव सुवास शर्मा तथा अन्य सहयोगीसहित उक्त स्थानमा पुगेका थिए ।

यसअघि पनि प्रमुख शाह उक्त चिया पसलमा पुगेर चिया पिउने गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077